मुक्तिनाथको होटलमा चोरी गरेर फरार युवा पक्राउ

मुक्तिनाथको होटलमा चोरी गरेर फरार युवा पक्राउ
सुन्नुहोस्

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ पुराङ रानीपौवाको एक होटलमा चोरी गरेर फरार एक युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेर मुस्ताङ प्रहरीको जिम्मा लगाएको छ। 

आइतबार बिहान करिब ४ बजेको समयमा रानी पौवास्थित होटल बपमार्ली रहेको काठको टिप्स बाकस र अर्को होटलको हिसाब राख्ने बाकसमा  राखिएको ४५ हजार चोरी फरार नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका-४ सिक्रे बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई पोखरातर्फ भाग्दै गरेको अवस्थामा सोही दिनको दिउँसो करिब २ बजेको समयमा बेनी चेक पोष्टबाट म्याग्दी प्रहरीले पक्राउ गरेको हो।

मुक्तिनाथ रानीपौवास्थित स्थानीय कर्माछिरिङ गुरुङले सञ्चालन गरेको होटल बपमार्लीमा काम गर्दै आइरहेको युवा गुरुङले चोरी गरेर जोमसोमतर्फ जान सक्ने भन्ने मौखिक सूचना भएपछि मुस्ताङ प्रहरीले खोजी कार्य अघि बढाएको थियो।

प्रहरीले फरार व्यक्ति गुरुङलाई खोजतलास गर्ने क्रममा ट्याक्सी चढेर पोखरातर्फ जाँदै गर्दा उनलाई बेनीमा प्रहरीले पक्राउ गरेर जोमसोम पठाएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए। होटलमा चोरी गरेर फरार भई पक्राउ परेका युवाको साथबाट र कालो झोलाबाट ४२ हजार ८७५ रुपैया नगद बरामद भएको छ। पक्राउ परेका युवालाई चोरी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जाहेरी समेत परेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.