नेपाली कांग्रेसको पिछडिएको क्षेत्र समन्वयन विभागको सदस्यमा १० जना मनोनित
![नेपाली कांग्रेसको पिछडिएको क्षेत्र समन्वयन विभागको सदस्यमा १० जना मनोनित](https://annapurnapost.prixacdn.net/media/albums/sher-bahadur-deuba-congress_748z3RP2Vt_uSjA3xYjJy.jpg)
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस पिछडिएको क्षेत्र समन्वयन विभागको सदस्यमा १० जनालाई मनोनित गरेका छन्।
सभापति देउवाले सोमबार कांग्रेसको विधान २०१७ (संशोधनसहितको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख रंगमती शाहीको नेतृत्वमा रहेको पिछडिएको क्षेत्र विभागको सदस्यमा १० जनालाई मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मनोनित हुनेमा डोल्लाबाट दुधकुमारी हमाल,रौतहटबाट डा.सम्झना खातुन,काठमाडौंबाट स्मारिका सिंखडा, धादिङबाट उत्तम सिंखडा,भोजपुरबाट रामकुमार राई, बाजुराबाट ऐनबहादुर मल्ल,पाल्पाबाट अर्जुनप्रसाद रेग्मी,हुम्लाबाट नरबहादुर रोकाया,दैलेखबाट हरिशंकर तिमिल्सेना र बागलुङबाट हिराप्रकाश गौचन छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)