सहकारी ठगी प्रकरण

टीओआरको टुंगो लगाउन प्रधानमन्त्रीले बोलाए कांग्रेस नेताहरूलाई

टीओआरको टुंगो लगाउन प्रधानमन्त्रीले बोलाए कांग्रेस नेताहरूलाई
पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका सहमहामन्त्री जीवन परियार।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री दाहालले सोमबार साँझ ५ बजे संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति खोज्न कांग्रेस नेताहरूलाई बोलाएका हुन्।

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की सहभागी हुनेछन्।

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका परियारले प्रधानमन्त्रीले आफूहरूलाई छलफलका लागि बोलाएको बताए। 'प्रधानमन्त्रीजीले छलफलका लागि आज ५ बजे बोलाउनुभएको छ। म र ज्ञानेन्द्रजी छलफलमा जानेछौं,' कांग्रेस पदाधिकारी बैठकपछि उनले भने।

बैठकमा आज बिहान प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफलबारे सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूलाई जानकारी गराइएको थियो। 

बालुवाटारको बैठकमा सत्तापक्षले दोहोरो चरित्र देखाएको आरोप कांग्रेसको छ। 'हामीले लगेको प्रस्ताव कहिले ठीक छ भन्ने कहिले ठीक छैन भन्ने। सत्तापक्ष समस्या समाधान गर्नुभन्दा समस्या अल्झाइरहने देखिन्छ। यसमा नेपाली कांग्रेस संशकित छ,' बिहानको बैठकपछि परियाले भनेका थिए। 

छानबिन समितिको कार्यादेशमा सत्तापक्ष र प्रतिपक्षीले आ-आफ्नो अडान दोहोर्‍याउँदा पटकपटक बस्दै आएका बैठकहरू निष्कर्षविहीन बन्दै आएका छन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गरिरहेको छ। कांग्रेसले लामिछानेको नाम किटान गरेर छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। तर, सत्ता पक्ष भने व्यक्तिगत नाम किटेर समिति बनाउन नहुने अडानमा छ। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.