करिब दुई घन्टा आकाशमा 'होल्ड' भए अन्तर्राष्ट्रिय जहाजहरू

करिब दुई घन्टा आकाशमा 'होल्ड' भए अन्तर्राष्ट्रिय जहाजहरू
सुन्नुहोस्

काठमाडौं : करिब दुई घन्टादेखि अन्तर्राष्ट्रिय विमानहरू आकाशमा 'होल्ड' भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूले उडान भरे पनि दिल्लीबाट आएको नेपाल एयरलायन्ससहित चार वटा विमान आकाशमा 'होल्ड' भएका हुन्।

फ्लाइटरडारका अनुसार मलेसियाको क्वाललमपुरबाट उडेको बाटिक एयरको विमान ४:०५ बजे अवतरण गर्ने तालिका थियो। तर ६:२१ बजिसक्दासमेत विमान अवतरण हुन सकेको छैन। यसबीचमा बाटिक एयरले दुई पटक 'ओभरसुट' गरेको छ।

त्यस्तै कतारको दोहाबाट आएको कतार एयरलायन्सको विमान डेढ घन्टादेखि होल्ड भएको छ। ४:४५ मा अवतरण तालिका रहेको विमान होल्ड भएको हो। त्यस्तै दक्षिण कोरियाको सिओलबाट आएको कोरिय एयरलायन्स पनि एक घन्टादेखि आकाशमा होल्ड भएको छ।

नेपाल नागरिक उड्डय प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तीव्र गतिका हावाका कारण विमानहरू ल्यान्ड हुन नसकेको र आकाशमै होल्ड भएको बताए। उनका अनुसार टावरको विन्ड इन्डिकेटरले १२-१५ नटका बीच हावा चलिरहेको देखाएको र कम्पनीको नियमअनुसार अन्तर्राष्ट्रिय विमानहरू आकाशमा होल्ड भएको उनले बताए।

'कम्पनीका आ-आफ्नै नियम हुन्छन्। नियमअनुसार नै ती विमानहरू आकाशमा होल्ड भएका हुन्। विमानस्थलमा अरु समस्या छैनन्,' उनले अन्नपूर्णसँग भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.