कम्पनीको नाम राखेर संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार, कानुनमन्त्री भन्छन्- भोलि ११ बजे सहमति हुन्छ

कम्पनीको नाम राखेर संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार, कानुनमन्त्री भन्छन्- भोलि ११ बजे सहमति हुन्छ
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गर्ने निजी कम्पनीको नाम राखेर संसदीय छानबिन समिति बनाउन तयार भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अबेर रातसम्म भएको छलफल भोलि ११ बजे सहमति पत्रमा हस्ताक्षर गर्नेगरी टुंगिएको छ।

कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरीले भोलि ११ बजे बस्ने कार्यदलको बैठकले सहमति पत्रमा हस्ताक्षर हुने बताए। 'सहमतिमा पुगिसकेका छौं। एकात विषयको टुंगो भोलि लाग्छ। लगत्तै सहमति पत्रमा हस्ताक्षर हुन्छ,' सञ्चारकर्मीसँग उनले भने।

मन्त्री गिरीले प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचन गर्ने कम्पनीको नाम लेख्ने र दोषी देखिए कम्पनीको पदमा बसेकाहरूलाई कारबाही गर्ने विषयमा सहमति जनाएको बताए।

'व्यक्ति केन्द्रित छानबिन समिति बनाउने विषयमा हाम्रो विमति थियो। त्यसको सार र मर्मलाई कुनै न कुनै हिसाबले मस्यौदामा राख्ने विषयमा कांग्रेस सहमत भएको हो। अब सहकारीको रकम अपचन गर्ने कम्पनीका नाम उल्लेख हुन्छ। पदमा रहेका जोकोही कारबाहीका भागिदार बन्नेछन्,' उनले भने।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निष्कर्ष उन्मुख भएको र भोलिको बैठकले अन्तिम रूप दिने बताए। उनले भने, 'सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बन्छ। भोलि सहमति हुन्छ।' गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने विषयमा भने उनले जवाफ दिएनन्। यसअघि कांग्रेसले गृहमन्त्री लामिछानेको नाम राख्नैपर्ने अडान लिँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.