खोजी लिच्छविको

खोजी लिच्छविको
सुन्नुहोस्

नेपालको इतिहासको प्रामाणिक काल हो लिच्छविकाल । ब्राह्मी लिपि र लिच्छवि लिपिकै प्रयोग भएका शिलालेखहरू लिच्छविकालीन इतिहास अध्ययन गर्ने भरपर्दा प्रमाणहरू हुन् । लिच्छविकालका राजा मानदेव प्रथमले विसं ५२१ सालमा चाँगुनारायणमा गाडेको स्तम्भबाट त्यही समयदेखि स्तम्भ लेखन नेपालमा प्रवेश गरेको देखाउँछ । स्तम्भ लेखन नै त्यतिबेलाका लागि आधुनिक सुरुआत थियो, जसलाई भारतबाट भिœयाइएको अनुमान गर्न सकिन्छ । मानंक मुद्रा पनि तिनै राजा मानदेवले सुरु गरेका थिए । कला, साहित्य, वास्तुकला, मूर्तिकलालगायतको विकास लिच्छविकालमै भएको छ । त्यतिखेर नेपालको सम्बन्ध कलिङ, वैशाली, कपिलवस्तु, मगध, तक्षशिला, नालन्दा, काशी, कुशीनगर, रामग्राम, वैशालीलगायत राज्यसँग हुनु भनेको परराष्ट्र सम्बन्ध अर्थात् कूटनीतिक आयाम विशाल हुनुको द्योतक हो । लिच्छविकालमै हो नेपालले तिब्बतसँग वैवाहिक नाता जोडेर बलियो सम्बन्ध कायम गरेको । हाला कि त्यसको तथ्य प्रामाणिकता धेरै प्रश्न अनुत्तरित छन् ।  

विद्वान इतिहासकारहरू बालचन्द्र शर्मा, जगदीशचन्द्र रेग्मी र सूर्यविक्रम ज्ञवालीले नै लिच्छविकाललाई स्वर्णकालको संज्ञा दिएका छन् । उनीहरूले त्यसो भन्नुको आधार भनेको त्यतिखेरको सांस्कृतिक वैभव हो । त्यतिबेलाको शिक्षाको स्तर र जनताको आर्थिक अवस्था पनि उच्च तहको हुनाले समेत त्यो समय स्वर्णकाल हुन पुगेको हो । राज्य व्यवस्था त्यतिबेला लोककल्याणकारी थियो । प्रशासनिक व्यवस्था पनि उन्नत मान्नुपर्छ । न्यायिक व्यवस्था राजामा केन्द्रित नभई पाञ्चाली भन्ने इकाइसम्म पुगेको थियो । बौद्ध धर्मले फक्रने मौका पाएको थियो । बौद्ध संघहरू पनि अधिकारसम्पन्न थिए । स्वर्णकालको उपमाका बारेमा पनि अनेक तर्क छन् । दक्षिणतिरका अनेक राज्यको तुलनामा लिच्छवि राज्य कमजोर रहेको तर्क गर्नेहरूले स्वर्णकाल नमाने पनि नेपालकै हकमा भने उन्नति र प्रगतिको समय मान्न हिच्किचाउनु पर्दैन । 

मल्लहरूसँग पराजयपछि पहिचान लुकाएका हुन सक्छन् भन्ने पनि छ । तथ्य के हो भन्ने पत्ता लगाउन आनुवांशिक वैज्ञानिक अनुसन्धान गर्न सकिन्छ वा कुन उपाय हुन्छ । इतिहास भनेको रहस्यमा छाडिदिने र अनुमानका हल्ला रहन दिने होइन तथ्य पत्ता लगाउने विषय हो । लिच्छवि को थिए र कहाँ हराए भन्ने पनि खोजिनुपर्छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.