मोरङको पथरीमा पसलमा आगलागी, ३२ लाखको क्षति

मोरङको पथरीमा पसलमा आगलागी, ३२ लाखको क्षति
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीमा रहेको एउटा पसलमा मंगलबार बिहान आगलागी भएको छ।आगलागीमा ३२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

पथरीशनिश्चरे नगरपालिका–७ फाल्गुनन्द चोक बस्ने रेवतीप्रसाद सापकोटाले सञ्चालन गरेको अंशु एण्ड अमिसा पसल तथा कोल्ड सेन्टरमा बिहान ३ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।उनका अनुसार कर्कटपाताको छानो भएको र इँटा प्रयोग गरेर बनाइएको १ तले घरभित्र पसल सञ्चालन गरिएको थियो।

पसलमा आगलागी हुनुको कारण खुल्न सकेको छैन।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी डीएसपी बस्नेतले दिए।

उनका अनुसार आगोले पसलको गल्लाभित्र रहेको २ लाख रूपैयाँ नगद जलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।त्यस्तै, पसल सञ्चालन गरिएको घरसहित पसलभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको बस्नेतले बताए।उनका अनुसार घरसहित नगद र पसलका सामान जल्दा ३२ लाख बराबरको क्षति भएको हो।

प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।घटनामा मानवीय र चौपाया क्षति भने नभएको बस्नेतले बताए।उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.