मोरङमा करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु

मोरङमा करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको सुनवर्षी र विराटनगरमा करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ। करेन्ट लागेर सुनवर्षी नगरपालिका–९ डाइनियामा फोटो स्टुडियो सञ्चालकको र विराटनगर महानगरपालिका–८ मा नाबालकको मृत्यु भएको हो।

आफ्नै घरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका सुनवर्षी–९ का ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार फोटो स्टुडियो सञ्चालन गरिएको कोठाभित्र काम गरिरहेका बेला ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा सोमबार राति ९ः३० बजेतिर अचानक करेन्ट लागेर साह घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ १०ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए। 

साहको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। 

त्यस्तै, विराटनगर–८ देवकोटा चोकमा करेन्ट लागेर नाबालकको मृत्यु भएको छ। करेन्ट लागेर देवकोटा चोकमा रहेको खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका सुरज चौधरीका ४ वर्षीय छोरा टेरेन्स चौधरीको मृत्यु भएको डीएसपी बस्नेतले बताए। प्रहरीका अनुसार सुरज खानेपानी कार्यालयका कर्मचारी हुन्। 

पानी ‘सप्लायर्स’को जिम्मेवारीमा रहेका उनी कार्यालयको क्वार्टरमा बस्दै आएका थिए। क्वार्टरको कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर सुरजका छोरा टेरेन्स घाइते भएको जानकारी डीएसपी बस्नेतले दिए। गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो। 

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराट टिचिङ अस्पताल लगियो। विराट पुर्‍याउनसाथ चिकित्सकले १२ः२५ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओली नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.