बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं : मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अहिले ११ बजे बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने कार्यसूची रहेको जनाइएको छ।
आज दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।