११ बजेको मन्त्रिपरिषद् बैठक २ बजे, १ बजे हुने भनिएको बजेट भाषण ३ बजेलाई सर्यो
काठमाडौं : बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेलाई सरेको छ। विशेषकारणबस बैठक २ बजेलाई सारिएको एकमन्त्रीले जानकारी दिए।
आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्न बिहान मन्त्रिपरिषद बैठक बोलाइएको थियो।
यसैगरी दिउँसो १ बजेका लागि तय भएको बजेट भाषणको समय पनि सरेको छ। बजेट भाषण दिउँसो ३ बजे हुने भएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्।
बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।