संसदीय समितिको टीओआरलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

संसदीय समितिको टीओआरलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सहकारी प्रकरणको छानबिन गर्ने संसदीय समितिको टीओआरलाई अन्तिम रुप दिन बैठक सुरु भएको छ। बालुवाटारमा सोमबार प्रमुख दलबीच भएको सहमतिअनुसार अन्तिम रुप दिन कानुन मन्त्रालयमा कार्यदलको बैठक जारी रहेको हो।

बैठकमा थप छलफल गरेर सहमति गरिनेछ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेस अन्तत : व्यक्ति विशेषको नाम नतोकी संसदीय छानबिन समिति बनाउन सहमत भएको छ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम नतोकी छानबिन समिति गठन गर्ने सोमबार दलहरूबीच भएको सहमति अनुमोदन गरेको हो।

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले भने,'सहकारीको रकम जहाँजहाँ गएको छ त्यसलाई कानुनीरुपले हेर्ने,त्यसमा संलग्न व्यक्ति जोसुकै होस् उसका बारेमा छलफल हुने, छानबिन हुने, अनुसन्धान गर्नसक्ने स्थिति बनेको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा पुगेका छौं। अन्तिमरुप कार्यदलले दिन्छ।'

सहकारीमा भएको रकम अपचलनका विषयमा छानबिन गर्न ७ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ। समितिले छानबिनको लागि तीन महिनाको समय पाउनेछ। समितिमा कांग्रेस र एमालेका २/२, माओवादी केन्द्र, रास्वपा र राप्रपाका १/१ सदस्य रहनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.