मन्त्रिपरिषद‍्बाट आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत

मन्त्रिपरिषद‍्बाट आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको छ।  मंगलबार प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत  गरेको हो।

सरकारले पारित गरेको बजेट दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने कार्यसूची छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम आइतबार दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो। 

हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.