समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक : अर्थमन्त्री पुन

समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक : अर्थमन्त्री पुन
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले  समृत राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक भएको बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को आय व्ययको अनुमान विवरण  पेश गर्दै अर्थमन्त्री पुनले संविधानले परिकल्पना गरेअनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर र स्वतन्त्रता तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको बताएका हुन्।

उनले  अर्थतन्त्र चलायमान हुँदै आएको दावी गरे। मन्त्री पुनले भने,'केही समयदेखि शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको निरन्तर प्रयासबाट चलायनमान हुँदै गएको छ।'

उनले विगतमा सुरू गरिएका आर्थिक सुधारका उपलब्धीहरूलाई संस्थागत गर्दै बदलिदो विश्वको अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृय्टिगत गरी अर्थतन्त्रलाई सवल बनाउन आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.