यी हुन् बजेटका ५ प्राथमकिता र आर्थिक सुधारका ५ रणनीति
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१-०८२ को बजेटका ५ उद्देश्य, ५ प्राथमकिता र आर्थिक सुधारका ५ रणनीति र ५ रुपान्तरित क्षेत्र सार्वजनिक गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले बजेटका ५ उद्देश्यमा 'उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु, मानव संशाधनको विकास गर्नु र स्रोत साधन, सन्तुलित समन्वयकारी ढंगले परिचालन गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवालाई प्रभावकारी बनाउनु' समावेश गरेका छन्।
त्यस्तै बजेटका ५ प्राथमिकतामा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि ऊर्जा र सूचना प्रविधि पर्यटन औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा स्वास्थ्य र सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र