विशेष अनुदान प्रदेशका लागि ४ अर्ब ४० करोड र स्थानी तहका ८ अर्ब ५० करोड विनियोजन

विशेष अनुदान प्रदेशका लागि ४ अर्ब ४० करोड र स्थानी तहका ८ अर्ब ५० करोड विनियोजन
सुन्नुहोस्

काठमाडौं : सरकारले विशेष अनुदान प्रदेशका लागि ४ अर्ब ४० करोड र स्थानी तहका ८ अर्ब ५० करोड विनियोजन गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को आय व्ययको अनुमान विवरण  पेश गर्दै अर्थमन्त्री पुनले संविधानले प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपुरिक अनुदान ६ अर्ब २० करोड र ७ अर्ब विनियोजन गरिएको जानकारी दिएका हुन्।

सरकारले राष्ट्रिय प्राकृति  स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानिकरण अनुदान प्रदेशको लागि रु ६० अर्ब र स्थानीय तहका लागि रु १८ अर्ब हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ।

सशर्त अनुदान प्रदेशको लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि रु २ खर्ब ८ अर्ब ८८ करोड जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड हस्तारणका लागि विनियोजन गरिएको मन्त्री पुनले बताए।

सशर्त, समपुरक र विशेष अनुदान कार्यसम्पादनको आधारमा हस्तान्तरण गरिने व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.