गृह मन्त्रालयलाई करिब २ खर्ब बजेट
![गृह मन्त्रालयलाई करिब २ खर्ब बजेट](https://annapurnapost.prixacdn.net/media/albums/barsaman-pun-budget_9L1fWCp9h8_XBXE91MgGM.jpg)
काठमाडौं : सरकारले गृह मन्त्रालयलाई करिब २ खर्ब बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको बताए।
गृह मन्त्रालयअन्तर्गत कारागार सुधार, सीमा व्यवस्था, विपद् व्यवस्थापन तथा उद्धारलगायतका कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)