प्रचण्ड सरकारको बजेट

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड विनियोजन

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड विनियोजन
फाइल तस्बिर।

काठमाडौं : सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।

जेठ १ गते संसद्‌मा आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

'मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा वडाकेन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भनेका थिए, ‘महिलालाई आर्थिक रूपमा सबल र सक्षम बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ।’ राष्ट्रपतिले सो कार्यक्रम घोषणा गर्दा सांसदहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई हेरेर हाँसेका थिए।

संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.