प्रतिनिधि सभाबाट सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित विशेष समिति कार्यदेशसहित स्वीकृत

प्रतिनिधि सभाबाट सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित विशेष समिति कार्यदेशसहित स्वीकृत
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरेको छ। आज बेलुका बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सहकारी ठगी प्रकरणको छानबिन समिति ७ सदस्यीय समिति पेश गरेपछि कार्यदेशसहित गठनको प्रस्ताव पारित भएको हो।

 
समितिमा सांसदहरु कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, इश्वरीदेवी न्यौपाने,एमालेबाट सरिता भुषाल र सूर्यबहादुर थापा क्षेत्री, राप्रपाबाट ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल  सदस्य रहेका छन्।

सहमति भएसँगै संसद् बैठक नियमित सञ्चालन भएको छ।

नेपाली कांग्रेसलगायतका विपक्षी दलले सहकारीको रकम हिनामिना भएको भन्दै लामो समयदेखि छानबिन समिति गठनको माग गर्दै आएको थियो।कार्यदलले तयार गरेको समितिको चार बुँदे कार्यादेशमा सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने उल्लेख छ। कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रस्त तोकिएको छ।

मूलत : कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको थिएन। सत्तापक्षले ‘व्यक्ति केन्द्रित’ छानबिन समिति बन्न नसक्ने अडान राखेको थियो। आज लामिछानेको नाम उल्लेख नगरी सहकारी र कम्पनीको नाम राखेर छानबिन गर्न दलहरु सहमति भएका छन्। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.