अर्थमन्त्री पुनले गरे आगामी आर्थिक वर्षको बजेटको प्रति प्रतिनिधि सभामा टेबुल

अर्थमन्त्री पुनले गरे आगामी आर्थिक वर्षको बजेटको प्रति प्रतिनिधि सभामा टेबुल
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन्। मंगलबार दिउँसो संघीय संसदको संयुक्त बैठकमा पेश भएको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यको प्रति अर्थमन्त्री पुनले प्रतिनिधि सभामा टेबुल गरेका हुन्।

सभामुखले जेठ २०, २१ र २२ गते सामान्य छलफल हुने र २३ गते अर्थमन्त्रीले जवाफ दिने जानकारी गराए। उनले दलीय आधारमा नाम टिपाउन समेत जानकारी दिए।

यसैगरी अर्थमन्त्री  पुनले ‘आर्थिक विधेयक, २०८१’ पेश गरेका छन्।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका छन्। 

त्यसअगाडि सांसद प्रेम सुवालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गरेका थिए। उनको प्रस्तावलाई सभाबाट बहुमतले अस्वीकार गरेपछि भण्डारीले पेश गरे गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरेका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्ने गरी तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.