राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट टेबुल
काठमाडौं : राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट टेबुल गरेका हुन्।
यसैबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफका लागि तोकेका छन्। राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते आइतबार अपराह्न १:१५ बजे बस्ने छ।