कांग्रेसले भन्यो- हाम्रो मागअनुसार नै संसदीय छानबिन समिति बन्यो

कांग्रेसले भन्यो- हाम्रो मागअनुसार नै संसदीय छानबिन समिति बन्यो
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूले उठाएको मागबमोजिम नै संसदीय छानबिन समिति बनेको बताएको छ। संसद भवन बानेश्वरमा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मागबमोजिम नै संसदीय छानबिन समिति बनेको स्पष्ट पारे। उनले त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललगायत राजनीतिक दलहरूलाई धन्यवाद दिए।

उनले गृहमन्त्री रवि लामिछानेको नाम सहमति पत्रको ४ नम्बर बुँदाले समेटिएको उल्लेख गरे। जुन बुँदामा गोरखा मिडियामा सहकारीको रकम अपचलन भएको देखिए संलग्न व्यक्तिहरूलाई पनि छानबिनको दायरमा ल्याउने र कानुनी कारबाही गर्ने उल्लेख छ।

'कार्यादेशमा गोरखा मिडिया प्रालिमा सहकारीको रकम अपचलन भए नभएको अनुसन्धान गर्ने र देखिए संलग्न जोसुकै व्यक्तिको पनि छानबिन गर्ने र कानुनी कारबाही गर्ने कुरा उल्लेख छ। यसलाई कांग्रेसले उठाएको मागबमोजिम नै आएको हामीले लिएका छौं,' उनले भने।

उनले छानबिन समिति बनेसँगै संसदमा देखिएको जटिलता समाप्त भएको बताए। अनुकुल वातावरणमा बजेट आएको र सबै जना सहभागी हुन पाएको उनले आभार प्रकट गरेका थिए। 

उनले छानबिन समितिले समग्र सहकारी क्षेत्रको संकटको अध्ययन गर्ने र समस्या समाधानको बाटो पनि तय गर्ने विश्वास लिएको बताए। 'सहकारी क्षेत्रमा संकट देखिएको छ। त्यो संकटलाई यो समितिको माध्यमबाट समाधान हुने विश्वास लिएका छौं। बचतकर्ताले राखेको रकमको सुरक्षा कसरी हुन्छ भन्ने कुरा पनि समितिले सिफारिस गर्नेछ। दुरुपयोग भएको रहेछ भने त्यो रकम छिटो फिर्ता लिन सहयोग गर्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.