ईसेवाका ब्रान्ड एन्डोर्सरमा
![ईसेवाका ब्रान्ड एन्डोर्सरमा](https://annapurnapost.prixacdn.net/media/albums/eSewa_ecCpBTqBIl_JEYCJmPcpV.jpg)
काठमाडौं : ईसेवा कम्पनीले कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता गरेको छ। सम्झौता हस्ताक्षर मंगलबार ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार कार्कीबीच भएको हो।
यस साझेदारीको बारेमा बोल्दै ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम ईसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्त्वपूर्ण भूमिका हुने बताए। आगामी दिनमा ईसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनामा उनको कलाकृतिमार्फत ग्राहकलाई मनोरञ्जनात्मक शैलीद्वारा प्रचारप्रसारमा मद्दत पुग्ने विश्वास ईसेवाले लिएको छ।
ईसेवा सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)