उच्च शिक्षाको लागि विदेश पलायन रोक्न उद्योग र प्राज्ञिक संस्थाबीच सहकार्य

उच्च शिक्षाको लागि विदेश पलायन रोक्न उद्योग र प्राज्ञिक संस्थाबीच सहकार्य
तस्बिर : अन्नपूर्ण

काभ्रे : उच्च शिक्षाको लागि बढ्दो विदेश पलायन रोक्न प्राज्ञिक संस्था र उद्योगहरूबीच सहकार्य हुनुपर्नेमा प्राज्ञिक व्यक्तित्वहरूले जोड दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले धुलिखेलमा आयोजना गरेको ‘विज्ञान र प्रविधिक क्षेत्रमा प्राज्ञिक र उद्योगहरूबीचको सहकार्य’ विषयक कार्यशाला गोष्ठीमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूले  समायानुकूल र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम परिमार्जन हुनसके उच्च शिक्षाको लागि विदेशिने जनशक्तिलाई नेपालमा नै रोक्न सकिने बताएका हुन् ।

वक्ताहरूले विश्वविद्यालयजस्ता प्राज्ञिक संस्था र विभिन्न उद्योग, व्यवसायीबीच प्रविधि,अनुसन्धान, जनशक्तिको क्षेत्रमा सहकार्य भए मात्रै मुलुकले चाहेको आर्थिक समृद्धि सम्भव हुने तर्क गरे । पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा.विजुकुमार थपलियाले सरकार–विश्वविद्यालय र उद्योगहरूबीचको सहकार्य महत्वपूर्ण भएको भन्दै त्यस्ता  सहकार्यले नै ‘नतिजा’ दिने बताए । 

नयाँ–नयाँ विषयको लागि विद्यार्थीहरू विदेशिने गरेको तर्क गर्दै उनले समयानुकूल पाठ्यक्रम परिमार्जन गरेर नयाँ कुरा पढेको,सिकेको अनुभंति विद्यार्थीलाई गराउनुपर्ने बताए । रजिष्ट्रार निलमणि पोखरेलले बजारको आवस्यकता पूरा गर्ने,रोजगारी सिर्जना गर्ने खालको पाठ्यक्रम तयार हुनुपर्ने भन्दै बेरोजगारी समस्या र विदेश पलायन रोक्न गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे । 

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष यज्ञप्रसाद जम्मरकट्टेलले विदेश पलायन रोक्न अन्तर्ष्ट्रिय स्तरको पाठ्यक्रम तयार गरी विदेशी विद्यार्थी समेत आकर्षित गर्नुपर्ने बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.सुवर्ण शाक्य अनुसन्धानमा जोड दिँदै त्यसको लागि कोष वृद्धि गर्नुपर्ने बताए । 

वनस्पति विभागका महानिर्देशक डा.सञ्जीव कुमार राईले समय सापेक्ष पाठ्यक्रम परिमार्जन नहुँदा अद्यावधिक भएको शिक्षाको लागि विद्यार्थीहरू विदेशिएको बताए । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.रविन्द्र ढकालले नेपालमा उत्पादित जनशक्तिलाई उद्योगहरूले रोक्न नसकेको भन्दै प्राज्ञिक संस्थाहरूसँग सहकार्य नगर्दा समस्या भएको बताए । 

प्रतिष्ठानले ७ वटै प्रदेशमा अनुसन्धान केन्द्रहरू स्थापना गर्न खोजेको भन्दै उनले अनुसन्धानको लागि अनुदान समेत उपलब्ध गराउँदै आएको जानकारी दिए । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष रञ्जित पोदारले नेपालमा उपयुक्त हुने दक्ष जनशक्ति विश्वविद्यालयले तयार गर्नुपर्ने भन्दै यस्ता कार्यक्रमले विदेश पलायन रोक्न योगदान दिन सक्ने बताए । 

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका निर्देशक नरेशकुमार शाहले विश्वविद्यालय तह पार गरेपछि विद्यार्थीमा एक खालको अन्यौलता हुने भन्दै त्यसलाई चिर्नको लागि उद्योगहरुसंग सहकार्य हुनुपर्ने बताए ।

भारतको मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिलको व्यवसाय विकास तथा अन्तराष्ट्रिय सम्बन्ध प्रमुख रोशनी सेइगलले सहकार्य र सहयोगको लागि तयार रहेको प्रतिवद्धता जनाइन् । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा.पवनकुमार झाले उद्योग र प्राज्ञिक संस्थाबीचको सहकार्य अत्यावश्यक भएको भन्दै बीचको खाडल पुर्न यस्ता गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे । 

सहायक डिन मनोजकुमार हलवाईले विश्वविद्यालयबाट उत्पादित जनशक्तिहर जागिर खोज्ने भन्दा पनि रोजगारी सिर्जना गर्ने खालका भएको तर्क गरे ।  कार्यक्रम संयोजक सुधीर गुरागाईले विश्वविद्यालयले अन्यत्र भन्दा फरक विषयहरू अध्यापन गराउने विश्वविद्यालयले उत्कृष्ट जनशक्ति तयार गरिरहेको बताए । 

कार्यशाला गोष्ठीमा विश्वविद्यालयका विभिन्न संकाय,आंगिक तथा सम्बन्धन प्राप्त २५ कलेजका प्रतिनिधि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.