मुस्ताङमा ६६१ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

मुस्ताङमा ६६१ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा ६६१ जना बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ । देश व्यापीरुपमा सञ्चालन भइरहेको आईपीभी खोप अभियान मुस्ताङमा भने जेठ १८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

खोप अभियानअन्तर्गत २०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्म खोप लगाउन छुटेका र ती समूहका बालबालिकालाई आईपीभी खोप लगाइने बताइएको छ । जसअन्तर्गत मुस्ताङका ५ वटै गाउँपालिकाका गरी ६६१ जना बालबालिकालाई पोलियो भाइरसविरुद्धको आईपीभी खोपबाट लाभान्वित हुनेछन् ।

राष्ट्रिय खोप अभियानअन्तर्गत मनाङ र मुस्ताङमा पोलियो भाइरसविरुद्धको आईपीभी खोप ५ दिन ढिलो गरी सञ्चालन हुने जनाइएको छ । राष्ट्रव्यापी खोप अभियानअन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तह अन्तर्गत थासाङ गाउँपालिकामा १४७ जना,घरपझोङ गाउँपालिकामा २३९ जना, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १२६ जना, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ५२ जना र लोमान्थाङ गाउँपालिकामा ९७ जना बालबालिकाहरुलाई पोलियो भाइरसविरुद्धको आईपीभी खोप लगाउने कार्ययोजना रहेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

कार्यालय प्रमुख भण्डारीका अनुसार आईपीभी खोप अभियानका लागि ५ वटै तहका ३० वटा खोप केन्द्रमा ३० जना स्वास्थ्यकर्मी र ६० जना स्वंयसेवक परिचालन गर्ने तयारी गरिएको छ । थासाङमा ८,घरपझोङमा ७ ,वारागुङ मुक्तिक्षेत्रमा ७ ,लोघेकर दामोदरकुण्डमा ५ र लोमान्थाङ गाउँपालिकामा ३ वटा आईपीभी खोप केन्द्र रहने कार्यालय प्रमुख भण्डारीको भनाइ छ ।

लोघेकर दामोदरकुण्डमा जेठ १८,१९ र २० ,लोमान्थाङमा २० र २१,वारागुङ र घरपझोङमा २४ र २५ र अन्तिममा २५ र २६ गते थासाङ गाउँपालिकामा खोप अभियान संञ्चालन हुने स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे । मुस्ताङमा संञ्चालन हुने आईपीभी खोप अभियानको जानकारी दिने उद्देश्यले बुधबार जोमसोममा  जिल्ला खोप समन्वय समिति स्तरीय अभिमुखिकरण तथा पत्रकार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

सो अवसरमा स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले खोप अभियानलाई सफल पार्न जनप्रतिनिधि,कर्मचारी,प्रहरी प्रशासन र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले स्वास्थ्य कार्यालय र स्वास्थ्यसंग सम्वन्धि निकायहरूले कोभिड माहामारीका बेला पनि निकै ठूलो  काम गरेको बताइन् । उनले पोलियोविरुद्धको खोप अभियायनमा उल्लेखित उमेर समूहका बालबालिकालाई पहुँचमा जोड्न सम्वद्ध निकायले सहयोग गर्नुपर्ने जनाइन् ।

एमाले मुस्ताङका सचिव तिलक विकले रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप अभियान निकै समय सान्दर्भिक भएको बताए । नेपालमा सन् २०१० मा पोलियो विरुद्ध हुने रोग उन्मुलन भएको कार्यक्रममा बताइएको छ । विश्वमै यो रोगको जोखिम कायमै रहेकाले नेपालमा पनि पोलियो भाईरसविरुद्धको खोपलाई प्राथमिकतामा राखिएको हो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख भण्डारीले पोलियो भाइरसविरुद्ध हुने आईपीभी खोप लगाउनुको उद्देश्य बारेमा प्रस्तुतिकरण गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.