आशा जगाउने बजेट आएको टिप्पणी

हामी दबाबमा थियौं,गत वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन्, छैनन् : अर्थमन्त्री

हामी दबाबमा थियौं,गत वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन्, छैनन् : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री बर्षमान पुनले मंगलबार सरकारले ल्याएको बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको बताएका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पुनले आर्थिक शिथिलताको अवस्थाबाट जनतामा आशा जगाउने किसिमको बजेट आएको टिप्पणी प्राप्त भएको दाबी गरेका हुन्। 

उनले भने,‘हामी निकै दबाबमा थियौं। चालु आर्थिक वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन् छैनन्। तर हामीले यसपाली जनता, व्यवसायी,निजी क्षेत्रलाई आशा जगाउने बजेट ल्याएका छौं। सरकारको तर्फबाट गर्न सक्ने सहजीकरण गरिरहेका छौं।’ 

उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएकाले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न लागिएको बताए। आफ्नो भूगोल सुनाउने अर्थ नीति, क्षमता अनुसारको जनशक्ति कस्ता उत्पादन हुँदैछ भनेर अध्ययन गरेर अगाडि बढ्ने समेत बताए। विज्ञान प्रविधिको प्रयोग, यस अगाडि सीमा र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर आयोगबाट प्रतिवेदनमा प्राप्त हुने विश्वास व्यक्त गरे।  

उनले अर्थतन्त्रको सरचना सुधार गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.