दाङमा बस दुर्घटना, २५ यात्रु घाइते

दाङमा बस दुर्घटना, २५ यात्रु घाइते
सुन्नुहोस्

दाङ : दाङको गढवा-कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। 

भारतीय सीमा जोडिएको कोइलाबासबाट लमही आउँदै गरेको रा१ख ८३३ नम्बरको बस गढवा गाउँपालिका-५ चिसापानीमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिइन्। 

घाइते सबै खतरामुक्त अवस्था रहेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ। प्रहरी नियन्त्रणमा रहेका बस चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन्। प्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.