ठगहरूको प्रवेशले ठूला सहकारीहरू संकटग्रस्त बने, नियममा चलेका समस्यामा छैनन् : ओली

ठगहरूको प्रवेशले ठूला सहकारीहरू संकटग्रस्त बने, नियममा चलेका समस्यामा छैनन् : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारीमा गैर-सहकारीवालाको प्रवेश भएको बताएका छन्। एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गैर-सहकारीवालाकै कारण सहकारीमा संकट उत्पन्न भएको बताए।

सहकारीमा ठग्नकै निम्ति ती व्यक्तिहरू सहकारीमा आएको उनको भनाइ छ। 'सहकारीमा केही गैर-सहकारीवालाहरूले प्रवेश गरे। सहकारीलाई ठगेर खान्छु भन्नेको प्रवेशकै कारण केही ठूला सहकारीको बदनाम भएको छ। ती संकटग्रस्त भएका छन्। साँच्चैका सहकारीहरू संकटमा छैनन्,' उनले भने।

अध्यक्ष ओलीले नियममा बसेका सहकारीहरू समस्यामा नभएको बताए। उनले सहकारी आफैंमा राम्रो कुरा भएको बताउँदै त्यसबाट धेरै महिलाहरूले जीविकोपार्जनलाई सहज बनाएको बताए। उनले महिलाहरूले राजनीतिबाहेक केही न केही गर्नुपर्ने बताए। उनले गमलामा खुर्सानी नै किन नहोस् रोप्नुपर्ने बताए। 'गमलामा खुर्सानी रोपेपछि कम्तीमा बजारबाट खुर्सानी त किन्न परेन। नुन त किन्नैपर्छ। त्यसको विकल्प छैन। तर, त्यसबाहेक हामी  सबै चिज फलाएर खान सक्छौं,' उनले भने।

उनले एमालेलाई सबै क्षेत्रमा निर्णायक बनाएर लैजानुपर्ने बताए। निर्णायक ठाउँमा लगेर नीति निर्माण बनाउने र देशको सार्वभौमसत्तालाई बचाउने अभियानमा लाग्न उनले महिलाहरूलाई निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.