कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा
![कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा](https://annapurnapost.prixacdn.net/media/albums/Kailash1_kyZLdoXL0u_5v6F0RFb5D.jpg)
काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिरोहियालाई हाजिर जमानीमा रिहा गरेको हो।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको सिरोहियाका वकिल रमन कर्णले बताए।
नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले सिरोहियालाई पक्राउ गरी धनुषा पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)