एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक
![एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक](https://annapurnapost.prixacdn.net/media/albums/NIC-Asia-57e7696c78cd84.61280284_7lgtFtdToU_W2wHVeEw0i.jpg)
काठमाडौं : एनआईसी एशिया बैंकले जरिबाना तथा हर्जानामा शत प्रतिशत छुट योजना ल्याएको छ। २०८१ जेठ भित्रमा कर्जा चुक्ता गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट योजना ल्याएको हो।
त्यस्तै, साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ। बैंकका अनुसार देशमा हाल कायम रहेको आर्थिक शिथिलताले ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले यो योजना ल्याइएको हो।
२०८० चैत मसान्त सम्मको भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)