राष्ट्रिय प्रशारण लाइनको काम ९६ प्रतिसत सम्पन्न

राष्ट्रिय प्रशारण लाइनको काम ९६ प्रतिसत सम्पन्न
फाइल तस्बिर।
सुन्नुहोस्

रसुवा : रसुवागढी र सान्जेनलगायतका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशाण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौं राष्ट्रिय प्रशाण लाइन तथा टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ ।

आमाटा दिङमो गाउँपालिकामा निर्माणाधीन सान्जेन र गोसाइकुण्ड गाउँपालिकामा निर्माणाधीन रसुवागढीलगायत आसपासका सबै जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका–४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौंसम्मको राष्ट्रिय प्रशाण लाइन निर्माण भइरहेको हो ।

रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो सान्जेनको ४२ दशमलव पाँच र माथिल्लो सान्जेनको १४ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रशाण लाइनमा पुर्‍याउन लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणले बिस्तार गर्न लागेको राष्ट्रिय प्रशाण लाइन एक महिनाभित्र  निर्माण सम्पन्न हुने नेपाल विद्युत प्राधिकरण राष्ट्रिय प्रशाण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताए । कुल ७६ वटा टावरमध्ये ६७ वटा निर्माण पूरा भइसकेको छ । ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको थापाले बताए । 

समयमा प्रशारण लाइन सम्पन्न नहुँदा अहिले रसुवागढी जलविद्युत् आयोजनाले तयार गरेको एक सय ११ मेगावाट बिजुली खेर जाने भएको छ । यस्तै सान्जेन जलविद्युत आयोजनाको काम एक महिनामा सकिँदैछ । निर्माणधिन प्रशारण लाइनमार्फत रसुवागढी, सान्जेनसँगै माथिल्लो त्रिशूली १, लाङटाङ खोला, लाङटाङ भोटेकोशी, माथिल्लो त्रिशूली थ्रि बी, माथिल्लो मैलुङ, सुपर मैलुङ, फलाखु खोलामा उत्पादन हुने विद्युत् एउटै राष्ट्रिय प्रशाणमा पठाउने प्राधिकरणले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.