प्री ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढ्यो
![प्री ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/nepal-stock-exchange-nepse-1_20210207151956_tqaHFR8RVY_5WxxzGAXCr.jpg)
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। सेयर कारोबार साताको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.५९ अंकले बढेर २०९१.०२ विन्दुमा कायम भएको छ।
यो सेसनमा ४० वटा स्क्रिप्सको ९ हजार २९० कित्ता सेयर १ करोड ४५ लाख १३ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २२ स्टकको मूल्य बढ्दा १७ वटाको घट्यो भने बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)