क्या. थापाद्वारा उपचारमा सहयोग
![क्या. थापाद्वारा उपचारमा सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_1mg9mEZX2U_DHI0AxvjIY.jpg)
काठमाडौं : ‘जो छोरोको उपचार खर्चले सुकुम्बासी बनिन्’ शीर्षकमा वैशाख २० गते अन्नपूर्ण पोस्ट्ले कभर स्टोरी प्रकाशन गरेको थियो।
लामो उपचार गरिरहेका अनिल लिम्बूको सहयोगार्थ अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ५० हजार रुपैयाँ प्रदान गरेका छन्। अन्नपूर्ण मुख्यालयमा सोमबार थापाले छोराको उपचारमा संघर्ष गरिरहेकी कमलकुमारी बाजी लिम्बू र उनका छोरा अनिललाई उक्त रकम प्रदान गरेका हुन्।
२०७१ मा सवारी दुर्घटनामा परेका अनिल अझै सामान्य भएका छैनन्। अर्धचेत अवस्थामै रहेका उनलाई आमा कमलले लामो उपचार गर्दै आएकी छन्। त्यसक्रममा उनले जायजेथा सबै बेचिसकेकी छन्।
उनी जडीबुटी मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बस्छिन्। लेखक मेघेन्द्र विश्वकर्माले पीडित परिवारको अवस्थाबारे अन्नपूर्ण पोस्ट्लाई सूचना दिएका थिए।
छोराको उपचार गर्न कमलका पति धनबहादुर राई पटक–पटक वैदेशिक रोजगारमा जाँदा उल्टै ठगिएका थिए। अहिले उनको परिवारलाई ३५ लाख ऋणको भारी छ। कमला काठमाडौंको मनोहरा खोला किनारमा ढुंगा बोकेर जीवन चलाइरहेकी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)