तातोपानी नाका जोड्ने सडक स्तरोन्नतिका लागि चीन तयार छ : राजदूत सोङ

तातोपानी नाका जोड्ने सडक स्तरोन्नतिका लागि चीन तयार छ : राजदूत सोङ
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बाह्रबिसे-तातोपानी सडक खण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन्।

 
मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापन बारे चिनियाँ राजदूतसहित तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा राजदूत सोङले सो प्रतिवद्धता जनाएका हुन्। उनले नेपालले पनि सडक सुधारका लागि बजेट छुट्याएको सन्दर्भमा दुवै देशले मिलेर बाटो व्यवस्थित गर्न सकिने बताए।

पहिरो र अफ्ठ्यारो सडकहरूको अध्ययनका लागि नयाँ प्राविधिकहरू पठाउने जानकारी गराउँदै राजदूत सोङले चीनबाट अत्याधुनिक उपकरणहरू पठाएर निर्माणमा सघाउने बताए । नेपाल र चीनबीचको मित्रवत् सम्बन्धको चिनो मितेरीपुल रहेको नाका र सडकको स्थलगत अवलोकन साथै व्यवस्थापन, सञ्चालनलगायतका विषयमा छलफल भएको हो।

राजदूतसहित नाका अवलोनमा पुगेका संघीय सांसद माधव सापकोटाले देशकै महत्वपूर्ण व्यापारिक तातोपानी नाका सञ्चालन, व्यवस्थापन एवं नाका पुग्ने सडकको स्तरोन्नतिबारे दुई राष्ट्रका अधिकारीबीच महत्वपूर्ण छलफल भएको बताए। सांसद सापकोटाले यस पटकको बजेटमा नेपाल सरकारले सो सडक स्तरोन्नतिका लागि १ अर्व २० करोड विनियोजन गरेको जानकारी दिँदै दुबै देशले मिलेर काम गर्न प्रस्ताव गरे। 

छलफलका क्रममा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन श्रेष्ठले नेपालले तयार गरेको सडक स्तरोन्नतिको डीपीआर प्रस्तुत गरेका थिए। छलफलमा सांसद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत सोङ, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, भन्सार प्रमुख, डिभिजन सडक कार्यालय प्रमुख लगायतको उपस्थिति थियो।

छलफलपछि राजदूत सोङले ट्वीट गर्दै चीन र नेपाललाई जोड्ने मित्रताको प्रतीक झाङ्मु र तातोपानी नाकामा रहेको मितेरी पुलको भ्रमण गर्न पाउँदा धेरै खुसी लागेको बनाएका छ । उनले निरन्तर बढ्दो सामान र मानिसको आवतजावतले खुसी बनाएको बताउँदै बन्दरगाहमा कार्यरत दुबै देशका अधिकारीहरूलाई धन्यवाद दिएका छन्। 

उनले तातोपानी नाका नजिकै नेपाली जनतासँग खुला छलफलमा सामेल हुन पाउँदा र तातोपानी नाकामा भएको व्यापार र मानिसहरूको आवतआजत कसरी सहज बनाउने भन्नेबारे स्थानीयको सल्लाह सुन्न पाउँदा खुसी लागेको बताएका छन्। नेपालीहरूको हँसिलो अनुहारको उनले खुलेर प्रसंसा समेत गरेका छन्। तातोपानी पुगेका राजदूतलाई स्थानीय र व्यापारिले स्वागत र सम्मान गरे।

लामो समय बन्द रहेर २०८० भदौ १५ गतेदेखि मानव सहित दोहोरो आवत जावत खुलेको तातोपानी नाकाको पूर्ववत सञ्चालन गर्न नेपालतर्फको सडकका कारण चुनौती रहेको सन्दर्भमा वर्षातको समय सुरु हुनुअघि छलफल भएको हो। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतीका सन्दर्भमा चिनियाँ पक्षसँग पटक-पटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन। छलफलबाट नाका व्यवस्थापन र सडकको स्तरोन्नतिका लागि भएको सहमति कार्यान्वयमा जाने विश्वास गरिएको छ।

चीनबाट सामग्री बोकेका कन्टेनर नेपाल प्रवेश गरेलगत्तै जोखिमको सामना गर्नुपरिरहेको व्यवसायीहरू बताउँछन्। ‘सडक र भौतिक पूर्वाधारको अवस्था अत्यन्तै कमजोर छ,’ नेपाल चेम्बर अफ कमर्स भोटेकोसीका अध्यक्ष फुनु शेर्पाले भने, ‘सडकको समस्या उस्तै छ भने भूकम्प र बाढीले ढालेर बाँकी रहेका सडक किनारमा अवस्थित घरका भग्नावशेष हटाइएको छैन।’ जसका कारण चीनबाट नेपाल भित्रिएसँगै कन्टेनर चालकहरूले जीवन हत्केलामा राखेर साधन चलाउनुपर्ने गरेको उनले बताए। मितेरी पुलदेखि बाह्रविसेसम्मको सडक जोखिमयुक्त रहेको शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.