रसुवाको लाङसिसामा ट्रेकिङ गएका व्यक्तिको लेक लागेर मृत्यु
![रसुवाको लाङसिसामा ट्रेकिङ गएका व्यक्तिको लेक लागेर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_3k4jtXveBz_ovQwU7nhSz.jpg)
काठमाडौं : रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४, लाङसिसामा ट्रेकिङ गएका एक जनाको लेक लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का २४ वर्षीय विजय तामाङ रहेका छन्। समुन्द्र सतहदेखि करिब ५६०० मिटरमा रहेको लाङसिसामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङबाट प्रहरी घटनास्थलमा पुगेको थियो।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)