सिम्रिकको मानसरोवर यात्रा प्याकेज

सिम्रिकको मानसरोवर यात्रा प्याकेज
सुन्नुहोस्

काठमाडौं : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवरको यात्रा अब ६ दिनमा नै तय गर्न सकिने भएको छ। नेपालगन्जबाट सुरु गरिने यात्रा कैलाश दर्शन गरेर ६ दिनमा पुनः नेपालगन्जमा फर्किने गरी सिम्रिक एयरले प्याकेज ल्याएको हो। 

कोभिडपछि बन्द गराइएको कैलाश यात्रा चीनले पुनः सुचारु गरेसँगै यो प्याकेज ल्याइएको हो। भारतीय पर्यटकलाई गराइरहेको यो यात्रा अब नेपालीका लागि सुरु गरिएको सिम्रिकले जनाएको छ। चीनले भारतीय पर्यटकका लागि भिसा नखुलाएकाले कैलाश यात्राका लागि नेपाली पर्यटक लक्षित कार्यक्रम ल्याएको बताइएको छ।

हिन्दुधर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाशसम्मको यात्रालाई सहज र सुखद बनाउने गरी व्यवस्थापन गरिएको सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशी बताउँछन्। नेपाली तीर्थालुलाई नै लक्षित गर्दै यो प्याकेज ल्याइएको उनले बताए।  सिम्रिकले यही असार १० गते (जुन २४) यो प्याकेज सुरु गर्दैछ। यसका लागि जेठ २३ (जुन ५) सम्म बुकिङ गराइसक्नु पर्ने जानकारी दिइएको छ। प्रत्येक प्याकेजमा १५ जनालाई लिएर जाने बताइएको छ। जुनदेखि अगस्टसम्म ३ महिना हुने मानसरोवर यात्रा प्याकेजमा करिब ५ सय जनालाई पु¥याउने लक्ष्य सिम्रिकको छ। 

सिम्रिक एयरले मानसरोवर यात्रालाई समन्वय गर्दै विभिन्न स्थानीय होटल, टुर गाइड अन्य संस्थासँग सहकार्य गरेको छ। नेपालगन्जदेखि कैलाशसम्मको यात्रा खर्च २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त रकममा चीनको भिसा शुल्कदेखि खाना र बासस्थानसँगै सम्पूर्ण यात्रा खर्च व्यहोरिने छ। यात्रापूर्व १५ दिनअघि नै चीनको भिसाका लागि आवेदन दिनुपर्ने हुन्छ। यसको व्यवस्था सिम्रिक एयरले नै गर्छ। बुकिङका लागि सुरुमा ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ।

कसरी जाने मानसरोबार

सिम्रिक एयरको प्याकेजअनुसार देशको कुनै पनि कुनाबाट नेपालगन्जसम्म पुग्नुपर्ने हुन्छ। कैलाश जानका लागि नेपालगन्जबाट नै छोटो पर्ने हुँदा यसलाई बेसलाइन मानिएको बताइन्छ। नेपालगन्जमा डाइमन्ड प्यालेस होटलसँग सहकार्य गरिएको छ। उक्त होटलमा भएको ट्राभल डेस्कले यात्राको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्नेछ। एक रात त्यहाँ बसेपछि अघिल्लो दिन जहाजबाट सिमकोटसम्म पु¥याइन्छ। सिम्रिकले तारा र समिट एयरसँग उक्त उडानका लागि सहकार्य गरेको छ।

४० देखि ४५ मिनेटको दूरीमा नेपालगन्ज विमानस्थलबाट सिमकोट विमानस्थल अवतरण हुने गरेको छ। सिमकोटमा रहेको विजय होटलसँग मानसरोवर प्याकेजका समन्वय गरिएको छ। त्यो रात विजय होटलमै खानाको व्यवस्था हुन्छ। तीन हजार मिटरको उचाइ अवस्थित सिमकोटमा एकरात बिताएपछि भोलिपल्ट सिम्रिक एयरको हेलिकप्टरले हिल्सासम्म पु¥याउने छ। करिब २०–२२ मिनेटमा नेपाल र चीनको सीमा क्षेत्र हिल्सा पुगिन्छ। हिल्सामा पुगेपछि नेपाली एजेन्ट सन्राइज कैलाश ट्राभलले अध्यागमनको प्रक्रिया पूरा गर्छ। उक्त प्रक्रिया सकिएपछि त्यहाँबाट पर्यटक बसमा २७ किलोमिटर पर रहेको ताक्लाकोटमा लगिन्छ। त्यहाँ नेपाली खानाको नै व्यवस्था गरिने बताइएको छ। यात्राको पाँचौं दिन बिहान धार्मिकस्थल कैलाश पु¥याइन्छ।

ताक्लाकोटबाट मानसरोवरसम्मको बसयात्रा करिब डेढ घन्टा हुने भनिएको छ। मानसरोवर पुगेपछि नुहाउने, दर्शन गर्नेलगायतका काम गर्न सकिन्छ। करिब ९८ किलोमिटरको मानसरोवर ताल करिब ३ घण्टामा बसबाट नै घुमाइने प्याकेजमा समावेश गरिएको छ। ताल परिक्रममापछि करिब २५ देखि ३० किलोमिटर पर यमद्वार (करिब ५ हजार मिटरमा अवस्थित) छ, जहाँबाट कैलाश पवर्तको स्पष्ट र नजिकबाट दर्शन हुन्छ। यमद्वारसम्म तीर्थालु यात्रुहरूलाई लगिनेछ। त्यहाँ नै प्याकेटको खाना खान दिएर पुनः ताक्लाकोट फर्काइनेछ। यात्राको छैटौं दिन ताक्लाकोटबाट हिल्सा, सिमकोट हुँदै नेपालगन्ज अवतरण गराइनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.