गाउँपालिकामा बालबालिका आक्रोशित

गाउँपालिकामा बालबालिका आक्रोशित
सुन्नुहोस्

मुगु : वडातहदेखि देखि गाउँपालिकामा हुने सबैखाले निर्णयात्मक कार्याक्रम तथा भेलामा गाउँपालिका भित्रका बालबालिकाको सहभागिता नभएको भन्दै सोरु गाउँपालिका भित्रका १९ बालक्लबका प्रतिनिधिहरूले जनप्रनिधि र कर्मचारीमाथि आक्रोस पोखेका छन्।

सोरु गाउँपालिका भित्रका ३९ विद्यालयमध्ये १० विद्यालयमा गठित बालक्लबहरूका प्रतिनिधिहरूले सोरु गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाही,  महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा शाहीलाई कार्यकक्षमै भेटेर वडापालिका देखि गाउँपालिकाले आयोजना गर्ने सबै खाले कार्यक्रम तथा बैठकमा सहभागिता नगराएको भन्दै आक्रोस पोखेका हुन्। सोरु गाउँपालिका र ग्रामिण सामुदायिक संस्थाले आयोजना गरेको तिन दिने वाल भित्रे पत्रिका तालिममा सहभागी १९ विद्यालयका बालक्लबका प्रतिनिधिहरू गाउँपालिकामा पुगेका थिए। त्यहाँँ पुगेका सबै बालबालिकाको आक्रोश एउटै थियो। 

वडादेखि पालिकासम्म कुनै पनि कार्यक्रम तथा निर्णयात्मक बैठक र छलफमा आफूहरूको सभागिता नभएको भन्दै कर्मचारी र जनप्रतिनिधिमाथि आक्रोस पोखेका ग्रामिण सामुदायिक संस्था जिएसएसका जिल्ला संयोजक बासु रावलले जानकारी दिए। 

जनज्योति बालक्लब सिपकी अध्यक्ष अनिता बिष्टका अनुसार गाउँपालिका भित्र बालविवाह तीव्र रूपमा बढ्दै गएको छ। यसको रोकथाम तथा न्यूनीकरणका लागि गाउँपालिकाले चासो नदेखाएकाले बालविवाह न्यूनीकरण तथा रोकथामका लागि बालक्लबसँग समन्वय गर्न सुझाव दिइन्। 

यसका साथै गाउँपालिकाले बेला बेला शिक्षक सरुवा गर्दा विद्यार्थीको पढाइमा बाधा पुगेको उनले बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.