तिला नदीमा तीन दिनदेखि बेपत्ता बालकको शव फेला

तिला नदीमा तीन दिनदेखि बेपत्ता बालकको शव फेला
तीन दिनदेखि बेपत्ता बालकको शव निकाल्दै गोताखर। तस्बिर : भरतराज बिष्ट।
सुन्नुहोस्

कालीकोट : तीन दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ। मंगलबार दिउँसो २ बजेको समयमा तिला नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएका थिए। प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले गोताखोरको टोलीले शव पत्ता लगाएर नदीबाट निकालेको बताए। 

उनले भने, 'सशस्त्र प्रहरी बलको सुर्खेतबाट कालीकोट आएको गोताखोर टोलीले ३ दिनदेखि नदीमा बेपत्ता तिलागुफा–७ छाप्रेका १४ वर्षीय हिक्मत बमको शव पत्ता लगाएर नदीबाट निकालेको हो। गोताखोरको टोली बुधबार सुर्खेतबाट आएर बिहीवार विहान घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको हो।' 

नदीमा डुबेकै ठाउँमा बालकको शव भेटिएको उनले बताए। उनले भने, 'गोताखोर नआएको भए पत्ता लगाउनै कठिन हुने रहेछ।’ प्रजिअ नेपालीका अनुसार प्रहरीसहित आफन्तले नदीमा शव खोजी गरे पनि नभेटिएपछि सुर्खेतबाट गोताखेर बोलाइएको हो। गोताखोर टोलीले बिहीबार विहान ९ बजे नदीबाट शव निकालेर आफन्तलाई बुझाएको छ।

तिलागुफा–६ गाल्जे नजिकैको तिला नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका बालक स्थानीय सत्यदेवी मावि जुविथामा अध्ययनरत थिए। उनका बुबा नरेन्द्र बम तिलागुफा–५ छाप्रे गाउँबाट नगरपालिकाको केन्द्र गाल्जेमा आएर होटल ब्यवसाय गरीरहेको प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताए। 

केही महिना अघि बिद्यालयबाट घर फर्की नदीमा माछा मार्न गएका १५ वर्षीय गणेश शाहीको अझै लास फेला परेको छैन। तिला नदीमा बेपत्ता गणेशको लासको खोजीकार्यका लागि गोताखोर लगाइएको भए भेटिने स्थानीय दिलिप शाहीले बताए। जिप्रका कालीकोटबाट प्रहरी निरीक्षक पोषण थापाको कमाडौंमा ७ जना प्रहरी खटाइएको थियो।

यसैगरी शसस्त्र प्रहरी बल आश्रीत गुल्म कालीकोटबाट स.प्र.ना.नी काली बहादुर रोकायाको कमाण्डमा खटिएको ७ जना टोलीले खोजतलासको क्रममा पत्ता नलागेपछि सुर्खेतबाट गोताखर बोलाएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र बिष्टले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.