डोनाल्ड ट्रम्प ३४ कसुरमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?

डोनाल्ड ट्रम्प ३४ कसुरमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्क अदालतले ३४ मुद्दामा दोषी ठहर गरेको छ । व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेका पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा कसुरममा दोषी ठहर भएका हुन्। 

उनको सजाय जुलाई ११ मा सुनाइने जनाइएको छ। ट्रम्पले भने उक्त निर्णयको विरोध गर्दै लाजमर्दो र धाँधली भएको बताएका छन् ।

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दा चलाइएको छ र दोषी ठहराइएको यो पहिलो घटना भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियान टोलीले ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णयलाई उचित ठहर गरेको छ ।

अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावको लागि डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार हुन् । ट्रम्पलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’को रूपमा प्रस्तुत गरेको र ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरेको छ ।

बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । उनको अभियान टोलीले ट्रम्पले अझै पनि  मतदानमा हार्न बाँकी नै रहेको बताएको छ।

ट्रम्पमाथि २०१६ को राष्ट्रपति चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई मौन रहन 'हश मनी' भुक्तानी गरेको र आफ्नो कारोबारमा हेरफेर गरेको ३४ आरोप लागेको छ। 

ट्रम्पले भने आफूमाथि लगाइएको आरोपहरु अस्वीकार गर्दै आएका थिए।

ट्रम्पले चुनाव लड्न पाउँछन्?

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्ने छन् ।

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि कम्तीमा ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको हुनुपर्ने न्यूनतम योग्यता तय गरेको छ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कुनै कानुन छैन। जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.