'जेलमा खुब किताब पढियो, अहिले थुन्दै थुन्दैनन्, थुनाउनलाई राजा ल्याउनु पर्यो कि क्या हो!'
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति सहज ढंगले अघि नबढेको बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित पुस्तक विमोचन कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपाली समाज भ्रष्टीकरणमा फस्दै गएको बताए। नेता र कार्यकर्ता दुवै भ्रष्टाचारको चंगुलमा फसेको उनले दावी गरे ।
अध्यक्ष नेपालले भने, ‘अहिलेको चुनौती भनेको नेपाली समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नु हो । राजनीतिक दलका नेता र कार्यकर्ता भ्रष्टीकरणबाट बाहिर ननिस्किए राजनीति सहज ढंगले अघि बढ्न सक्दैन।'
अध्यक्ष नेपालले सबैले किताब पढ्ने बानी बसाल्नु पर्ने बताए । नेपालले आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गरे । 'अहिले किताब पढ्ने समय नै मिल्दैन । कहीं गयो की कार्यकर्ताले घेरी हाल्छन् । थुनामा हुँदा धेरै किब पढियो ', अध्यक्ष नेपालले ठट्यौली शैलीमा भने,‘थुन्दै थुन्दैनन् अहिले, थुनाउनलाई राजै ल्याउनु पर्ने भयो कि क्या हो ।'