अहिलेको राजनीति भ्रष्टाचारले बिग्रियो : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।
राज्यका स्रोत साधनहरु जनताको हितमा सोच बिचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ । अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए । अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरू धेरै राम्रोगरि आएको धारणा राखे।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रिय राजनीतिलाई सहज रुपमा अघि बढाउन ध्यान पुराउँदै संवेदनशील हुनुपर्ने बताए।