मुक्तिनाथमा ‘सेन्सर लाइट’ जडान
जोमसोम : मुक्तिनाथ मन्दिरमा ‘सेन्सर लाइट’ जडान गरिएको छ। मुक्तिनाथ जाने रेलिङसहितको बाटोमा लाइट जडान गरिएको हो। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर १ को ४ लाख रुपैयाँको लागतमा लाइट जडान गरिएको हो।
बाटोका लागि २ किलोमिटर दूरीमा विद्युतीय तारसहित ४५ वटा लाइट जडान गरिएको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। काठमाडौंको रोजी कम्पनीले साँझको समयमा उज्यालो मुक्तिनाथ बनाउन र दर्शनार्थीलाई पैदल यात्रामा सहज बनाउन लाइट जडान गरेको हो।
शुक्रबारसम्म मुक्तिनाथ वरिपरि र बाटोमा विद्युतीय सेन्सर लाइट जडान भइसक्ने वडाध्यक्ष गुरुङले बताए।