सिट्रोन ई सी३ शाइन नेपालमा सार्वजनिक हुँदै

सिट्रोन ई सी३ शाइन नेपालमा सार्वजनिक हुँदै
सुन्नुहोस्

काठमाडौं : नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई-सी३ लाइन अपको प्रिमियम मोडल सिट्रोन ई सी३ शाइन नेपालमा सार्वजनिक गर्दैछ। 

नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुऱ्याउने उद्देश्यका साथ धेरै परिष्कृत सुविधाहरू समेटेको छ। उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन ई सी३ शाइन, कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ जसले स्टाइल र फिचर दुवैलाई महत्व दिनेछ। 

यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर याप्ड स्टेयरिङ ह्वील, एलोय हवीलहरू, र इलेक्ट्रिकल ओआरभीएमहरू जस्ता नयाँ सुविधाहरु सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

सिट्रोनको ई-सी३ शाइनले विद्युतीय गाडीहरुको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ। सिट्रोन ई-सी३ शाइन र यसको आधिकारिक सार्वजनिक हुने बारे थप जानकारीको लागि सिट्रोनको अफिसियल वेवसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्नुहुनेछ।

नेपालमा चाँडै सार्वजनिक हुन लागेको नयाँ सिट्रोन ई-सी३ शाइनसँग नवप्रवर्तन, आराम र किफायतीताको उत्तम मिश्रणको अनुभव लिन सकिने छ। 

सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १०३ वर्ष भन्दा लामो रहेको छ। अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ। 

फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरू सहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ। १९१९ देखि सिट्रोनले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.