सगरमाथा आरोही सुरजलाई आँधीखोलामा अभिनन्दन

सगरमाथा आरोही सुरजलाई आँधीखोलामा अभिनन्दन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : विश्वकै अग्लो हिमाल सगरमाथाको चुचुरोमा पुगेर किर्तिमान राख्न सफल स्याङ्जाका सुरज पौडेललाई उनको जन्मथलोमा अभिनन्दन गरिएको छ। आँधीखोला गाउँपालिका वडा नं. २ चिलाउनेबासमा जन्मेका उनलाई गाउँपालिकाले विशेष कार्यक्रमसहित अनिनन्दन गरेको हो। 

बाजागाजासहित उनलाई पालिकाका मुख्य बजार क्षेत्रमा परिक्रमा गराइएको थियो। आँधीखोलाको मुख्य मुकामक्षेत्र सेतीदोभानदेखि -चिलाउनेबाससम्म सयौंजना पौडेललाई परिक्रमा गराउँदै पालिकामा सहभागी भएका थिए।  

गण्डकी प्रदेश सदस्य सुधिरकुमार पौडेलले कठिन एवं साहसिक काममा सफलता प्राप्त गरि गाउँपालिकाको नाम विश्वभर चिनाउन पाउनु सुखद क्षण भएको जनाए। आफूलाई सुम्पेको जिम्मेवारीसँगसँगै यसतर्फको रुची र लक्ष्य पूरा गर्नु भनेको असाधारण कार्य भएको सांसद पौडेलले बताए।

पालिका अध्यक्ष विश्वनाथ पौडेलले सगरमाथा चढ्ने पहिलो व्यक्तिको गाउँपालिका भनेर विश्वभर चिनाउन पाउनु गर्वका कुरा भएको बताए। यस्ता काममा विरलै व्यक्तिको ध्यान पुग्ने उनले भने।
आरोही पौडेलले जन्मथलोमा भव्यरुपमा अभिनन्दित हुन पाउँदा थप उर्जा एवं हौसला मिलेकको बताउँदै सबैप्रति आभार व्यक्त गरे।

चैत ३० गतेदेखि यात्रा सुरु गरेको पौडेलले जेठ ७ गते बिहान सवा १० बजे विश्वको शिखर सगरमाथा पुगेर आँधीखोला गाउँपालिकाको लोगो अंकित झण्डा र आफू कार्यरत सशस्त्र प्रहरीको झण्डा प्रर्दशन गरेका थिए। ३६  वर्षीय पौडेल सशस्त्र प्रहरीको प्रहरी निरीक्षक पदमा सेवारत छन्। 

पौडेललाई उनको जन्मथलो रहेको वडामा पनि सम्मान एवं अभिनन्दन गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.