सामसङका तीनवटा ब्राण्डका स्मार्ट फोनको मूल्य घट्यो
काठमाडौं : सामसङ नेपालले तीन वटा ब्राण्डका स्मार्ट फोनको मूल्य घटाएको छ। ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४ एलटीई र ग्यालेक्सी ए०५ को मूल्य घटेको हो।
ग्यालेक्सी ए२५ फाइभजी मा 6.5 इन्चको सुपर AMOLED display, OIS VDIS को साथ 50MP मेन क्यामरा र 13MP फ्रन्ट क्यामरा छ। Exynos 1280 प्रोसेसर र 120Hz रिफ्रेस रेटद्वारा संचालित, ग्यालेक्सी ए२५ ले सहज पर्फमेन्स सुनिश्चित गर्दछ। यसमा 5000mAh ब्याट्रीका साथ सुपर फास्ट चार्जिङ, Samsung Knox सुरक्षा छ र यो एन्ड्रोइड १४ आधारित One UI 6.0 मा चल्छ ।
ग्यालेक्सी ए०५ मा 8MP र एम१४ एलटीई 13MP फ्रन्ट क्यामराका साथ 50MP प्राइमेरी क्यामरा छ । ग्यालेक्सी एम१४ एलटीईमा अत्याधुनिक Qualcomm Snapdragon 680 प्रोसेसर छ। ग्यालेक्सी ए०५ मा Mediatek Helio G85 प्रोसेसरद्वारा अतुलनीय पर्फमेन्स प्रदान गर्न र सिमलेस मल्टिटास्किङ गर्न सक्षम बनाइएको छ ।
यसै बीच, ग्यालेक्सी ए०५ र एम१४ एलटीई दुवैले ६.७ इन्चको स्क्रिनमा immersive viewing अनुभव प्रदान गर्दछ । यसका साथै दुवै डिभाइसहरू 5000mAh ब्याट्रीद्वारा सञ्चालित छन्, जसले दिनभर प्रयोगको लागि पर्याप्त पावर प्रदान गर्दछ।
यी डिभाइसहरूमा निःशुल्क सामसङ २५ वाट फास्ट चार्जिङ एड्याप्टर पनि प्राप्त गर्न सकिने छ। यो सेवा देशभरका ५०० भन्दा बढी आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छ।