चौथो रारा ट्रेल रनको उपाधि राज्य र अक्कललाई
मुगु : चौथो रारा ट्रेल रनको उपाधि पुरुष तर्फ अक्कल बढुवाल र महिलातर्फ राज्य लक्ष्मी रावलले हात पारेका छन्। नेपाली सेनाको हमुमान ध्वज गुल्म राराले आयोजना गरेको प्रतियोगितामा छायानाथ रारा नगरपालिका-१४ वाम गाउँका बढुवालले निर्धारित १ घण्टा २ मिनेट १० सेकेन्डमा निर्धारित १६ किलोमिटर दूरी पार गर्दै प्रथम भए।
कनकासुन्दरी गाउपालिका-३ का सेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेन्डमा पार गर्दै द्वितीय र कनकासुन्दरी-२ जुम्ला कै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेन्ड लगाएर तृतीय भए। महिलातर्फ गोठिचौर गाउपालिका-३ गज्याङ्गकोट गाउँकी राज्य लक्ष्मी रावलले निर्धारित १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार निर्धारित दूरी पार गरेर प्रथम भइन्।
पातारासी गाउपस्लिका-२ जुम्ला पेडा गाउँकी कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै द्वितीय र जुम्लाकै समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन्।
प्रतियोगितामा १६९ पुरुष र ३५ महिला गरी १९४ जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ।