बजेटले वित्तीय अनुशासन कायम गर्न सक्दैन : पूर्व अर्थमन्त्री महत

बजेटले वित्तीय अनुशासन कायम गर्न सक्दैन : पूर्व अर्थमन्त्री महत
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताए।

बजेटले पर्यटन, स्वास्थ्य लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको उनले बताए। महतले सीमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राखे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक वर्षको अवधिमा सरकारलाई दिएका केही सुझावहरूलाई बजेटले प्राथमिकतामा राखेको बताए। अझै पनि बजेटमा रहेका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए। उनले बजेटको उद्देश्य र प्राथमिकतामा रहेका निजी क्षेत्रसम्बन्धी कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्यहुनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.