ढल्केवरको मालपोत र नापी कार्यालयको संयुक्त उद्घाटन

ढल्केवरको मालपोत र नापी कार्यालयको संयुक्त उद्घाटन
सुन्नुहोस्

धनुषा : धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत कार्यालय र नापी कार्यालयको संयुक्त उद्घाटन गरिएको छ। शुक्रबार ढल्केवरमा आयोजित समारोहका बीच राष्ट्रियसभा सदस्य आनन्द ढुंगाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दुवै कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्।

२०७२ असोज १४ मा मन्त्रिपरिषदको बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निणर्य गरेको थियो। सोही अनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिए पनि मालपोत कार्यालय स्थापना हुनसकेको थिएन। त्यसैको बहानामा नापी कार्यालय स्थापना भएको ८ वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुन सकेको थिएन।

केही महिनाअघि नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोको पहलमा ढल्केवरमा मालपोत कार्यालय स्थापना भएसँगै सञ्चालनका लागि कसरत सुरु भएको थियो। मालपोत कार्यालय र नापी कार्यालय जनकपुरले ढल्केवर कार्यालयलाई गत जेठ ६ गते मोठश्रेस्ता, अभिलेख लगायतका कागजातहरु हस्तान्तरण गरेको थियो।

ढल्केवरको मालपोत कार्यालयबाट गत सोमबारदेखि सेवा सुरु भए पनि केही प्राविधिक कारणले नापी कार्यालयको सेवा सुरु भएको छैन। जेठ २१ बाट सेवा सुरु हुने नापी कार्यालय ढल्केवरले सूचना जारी गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.