दाहाल, ओली र नेपालबीच के भयो कुराकानी?

दाहाल, ओली र नेपालबीच के भयो कुराकानी?
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो।

बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि सशंकित बनेका प्रधानमन्त्री दाहाल र ओलीले माधव नेपालसँग छलफल गरेका हुन्। सत्ता समीकरणलाई लिएर उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।

एमाले अध्यक्ष ओलीले पनि समसामयिक विषयवस्तुमा छलफल भएको बताए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले समसामयिक परिस्थितिको बारेमा छलफल भएको बताए। 

आजमात्र माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले माधव नेपालले आफूसँग सोधेर देउवासँग भेटेको दाबी गरेका थिए। उनले सत्ता समीकरणमा कुनै समस्या नभएको र ५ वर्ष नै गठबन्धन टिक्ने दाबी गरेका थिए।

गत बुधबार बूढानीलकण्ठमा देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र माधव नेपालसँग छलफल गरेका थिए। देउवाले मधेस प्रदेश सरकारको गठन र केन्द्र सरकारको समेत नयाँ समीकरणबारे छलफल गरेको स्रोतले दाबी गरेको थियो। मधेसमा अल्पमतमा रहेको जसपा नेपालको सरकारलाई टिकाउन अध्यक्ष यादवले देउवाको साथ मागेको ती स्रोतको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.