अन्नपूर्णकर्मी महतो सम्मानित
काठमाडौं : अन्नपूर्णकर्मी राजकरण महतो सम्मानित भएका छन्। राष्ट्रिय दलित पत्रकार संघ नेपालले उनलाई शुक्रबार सम्मान गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महतोलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी थिइन्।
पत्रकारिताको माध्यमबाट उत्पीडित तथा दलित समुदायमा जागरण ल्याउन खेलेको भूमिकाप्रति उच्च कदर गर्दै महतोलाई सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।