आजसम्म बाँचेकाहरू
सीमामा रहेका जो मानिस छन्, आआफ्ना
शरीरका धागाहरू बिस्तारै गल्न थालेका छन्।
वृद्धोन्मुख वाणीको सुसेली हाल्दै
हिउँजस्ता चम्किलो कपाल टल्काउँदै
मिठो र परिपक्व समयको सपनामा
ज्ञान र अनुभवसहित आफ्नो यही यात्रामा
आदर र श्रद्धा निश्चित छन् : अब केही जित्नु छैन
यादहरूसमेत ओइलाउन थालेका छन्, भन्छन्
आनन्दित भएका समयहरूलाई समेत बिर्संदै जानु पर्छ।
जीवनको यो दोधारमा, अनविज्ञता महसुस गर्छन्
जब उत्तराधिकारीसमेत अनिश्चित लाग्छ,
शरदका रंगीन पातहरूजस्ता, ठण्डा अनि थकित
एक उदास र उल्लेखनीय यात्राभित्र इश्वरीय संकेतमा
आफ्ना परमानन्दित मन खोलेर ध्वनिहरू सार्वजनिक गर्छन्
कि त आफूहरू मात्र अहिलेसम्म बाँच्नु पथ्र्याे, अथवा
जिन्दगीभर लिएको जिम्मेवारी र दिएको मायाको पनि
हिसाब (बिमा) हुनपर्थ्यो।